बिकिनीमा बोल्ड साम्राज्ञी बालीमा

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह दुई वटा चलचित्रको छायांकन सके पछि अहिले आराम सँगै मस्ती पनि गरिरहेकी छिन् । चलचित्र मारुनी र रातो टिका निधारमा को छायांकन सकेर साम्राज्ञीले केही समय आराम गर्न चाहेकी थिईन । तर, उनलाई आराम सँगै आफ्नो प्रेमी सँग घुम्ने समय पनि चाहिएको रहेछ ।

आफ्नो परिवार सँग समय साटिरहेकी साम्राज्ञी अहिले बालीमा आफ्ना प्रेमी सँग इन्जोए गरिरहेकी छिन् । रातो बिकिनीमा निकै हट देखिएकी साम्राज्ञी आफ्नो प्रेमी सँग मजाले खुलेकी छिन् । सामाजिक सन्जालमा साम्राज्ञीले सेयर गरेको तस्विरमा उनिहरु रमाइरहेको र एक अर्काको प्रेममा हराइरहेको देखिन्छ । साम्राज्ञी बिन्दास नायिका हुन् ।

उनी अरु नायिका जस्तो आफ्नो प्रेमीलाई लुकाएर प्रेम गर्दिनन् । उनको प्रेम खुल्लम खुल्ला नै छ । प्राय: कार्यक्रममा पनि उनी आफ्नो प्रेमी सँग नै उपस्थित हुन्छिन् । सेलिब्रेसन र होलिडेमा साम्राज्ञीलाई उनकै प्रेमी सँग नै देखिन्छ । अझ भनौ उनी आफ्नो प्रेमी बिना हिड्दिनन् नै ।








