एकलब्यको एक्सन प्रधान ट्रेलर (भिडियो)
आगामी साउन १० बाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एकलब्य’को ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल शर्मा निर्देशित फिल्म एकलब्यको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गर्न खोजिएको छ । फिल्मका अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन मज्जाको छ ।
फिल्ममा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

दर्जन भन्दा बढी फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । एकलब्यमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।
दुई साता अघि यो फिल्मको ‘पूर्वै चल्नेया रेल.’बोलको गीत रिलिज गरिएको थियो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित गीतको भिडियोलाई दर्शकले मज्जाको प्रतिक्रिया दिइरहेका छन् ।








