अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘जाम्न माया जाम’ लाई बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतलार्ई ‘मनमगन’ गायक दिपक बज्रचार्यले स्वर दिएका छन् ।

भदौ १३ मा रिलिज हुने फिल्मको सार्वजनिक क्लब गीतमा साम्राज्ञी र पुष्प प्रस्तुत छन् । गीतमा संगीत पनि दिपककै रहेको छ भने यसमा शब्द रिक्की शाक्यको रहेको छ । गीत मार्फत पुष्प र साम्राज्ञी पनि उत्तिकै आश्वादी छन् । उनीहरुलाई क्लबमा सय बढी कोरसले साथ दिएका छन् ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीतले दर्शकको उत्साह फिल्मप्रति अझै बढ्ने बताउँछिन् । यसअघि उनले ‘अझै पनि’ नामक फिल्म निर्माण गरेकी थिइन् । ‘मारुनी’ ले दर्शकको मुटु छुने निर्देशक नेपालको भनाई छ । फिल्मलाई संजय लामाले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV