ऋतिक र टाइगर‘फाइटर्स’मा सङ्गै
अहिलेका बलिउडका चर्चित नायक टाइगर श्राफ, ऋतिक रोशन लाई गुरु मान्ने गर्छन् । उनले बेला बखत ऋतिकको धेरै ठाउँमा तारिफ गरेको सुन्न सकिन्छ । एक्सन चलचित्रमा यि गुरु चेलाले एकसाथ चलचित्रमा काम गरिरहेको कुराले केही समयदेखि मिडियामा स्थान पाइरहेको छ ।

यी दुइले काम गरिरहेको यशराज ब्यानरको नयाँ चलचित्रको नाम भने सार्वजनिक भएको थिएन । तर, अब यसको निर्माणपक्षले चलचित्रको नाम सार्वजनिक गरेको छ । सिद्धार्थ आनन्दले निर्देशन गरिरहेको यो चलचित्रको नाम ‘फाइटर्स’ राखिएको छ । चलचित्रमा ऋतिक र टाइगरको दुश्मनी देखाइएको बुझिएको छ । यस चलचित्रलाई विभिन्न ६ वटा देशमा खिचिएको छ । दुई नायकको बिचमा नायिका बाणी कपुर लाई जोडी बनाइएको छ । तर दुई मध्य बाणी कस्को हुन्छिन् त्यो थाहा पाउन भने फिल्म नै कुर्नु पर्ने छ ।
For More videos Log on to Mazzako TV