बलिउडमा ठुला स्टारको लागी पछिल्लो समय खासै सुखद रहेन । आमिर , सलमान र साहरुख सबैको पछील्लो फिल्म फ्लप भए । साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । साहरुखले चलचित्र ‘जिरो’बाट गरेको अपेक्षा असफल भएपछि एउटा राम्रै ब्रान्ड बाट आएको बायोपिक रिजेक्ट गरे । उनलाई अब कमर्सियल हिटको निकै खाँचो छ ।

यसैविच, नायक साहरुख खानले चलचित्र ‘धुम ४’मा काम गर्न लागेको बुझिएको छ । यशराज ब्यानरले हिट सिरिजमा काम गर्नका लागि अफर गरेको खबर भारतीय मिडियाले उल्लेख गरेको छ । उक्त चलचित्रलाई यसपाली नयाँ निर्देशकले निर्देशन गर्ने बताइएको छ । साहरुखले भने यस बिषयमा कुनै कुरा प्रस्टाएका छैनन् ।

For More videos Log on to Mazzako TV