बलिउड नायिका कट्रिना कैफ जुन ५ बाट रिलिज हुने चलचित्र ‘भारत’को प्रमोशनमा व्यस्त छिन् । चलचित्रको प्रमोशनकै क्रममा उनि, नेहा धुपिया द्वारा संचालित एक च्याट शोमा पुगिन् जसमा उनले केही रमाइला जवाफ समेत दिएकी छिन् ।

नेहाले उनलाई कुन कलाकारमाथि विश्वास छैन भन्ने प्रश्न गरिन् । जसमा उनले नायक रणवीर कपुरको नाम लिएकी छिन् । कट्रिनाले रणवीरसँग कुनै पनि गोप्य कुरालाई बचाएर राख्ने क्षमता नभएको बताईन्। त्यसैले पनि, उनीमाथि आफूले विश्वास गर्न नसक्ने कट्रिनाको जवाफ थियो ।

उनले अर्को प्रश्नको उत्तरमा नायक बरुण धवनलाई कुनै लोकप्रिय अवार्ड वा रियालिटी शो होस्ट नगर्न सुझाएकी छिन् । बरुण धवनले कुनै पनि च्याट शोलाई राम्रोसँग अगाडि बढाउन नसक्ने नायिका कैफको जिकिर थियो ।

For More videos Log on to Mazzako TV