अक्षय र सलमानको भिडन्त टर्यो, इदमा सलमानको ‘इन्साअल्ला’मात्र
बलिउडमा कुनै पनि फिल्म रिलिज ताका स्टार बिचको भिडन्तले निकै स्थान पाउने गर्छ । त्यसमाथी दुई ठुला स्टारको फिल्म सङ्गै रिलिज भयो भने त त्यो मिडिया बिच मात्र रहँदैन फ्यानको न्यायलयमा त्यस्को चर्चा सुरु हुन्छ । पछिल्लो समय बलिउडमा यस्तै भएको छ । केहि समय अघी सम्म नायक सलमान खान र अक्षय कुमारको भिडन्त हुने पक्का थियो । सलमानको ‘इन्साअल्ला’ र अक्षयको ‘सूर्यवंशी’ एउटै डेटमा आउने चर्चाले मिडियामा राम्रो स्थान पाएको थियो ।

तर, अब भने यो भिडन्त टरेको छ । अक्षय कुमारको छायांकनरत चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट सारिएको छ । नयाँ, रिलिज डेट भने तय भएको छैन । भारतीय मिडियाका अनुसार, अब सलमानको चलचित्र रिलिज भएको २ सातापछि अक्षयकै अभिनय रहने नयाँ चलचित्र ‘लक्ष्मी बाम्प’ रिलिज हुने भएको छ ।
For More videos Log on to Mazzako TV