फिल्मी दुनियाँ त्यसमाथी पनि बलिउडमा जोडी मिलाउने कामको निकै चर्चा हुने गर्छ । बलिउड सुपरस्टार सलमान खान यो मामिलामा निकै अघी छन् । उनि सँग रिल र रियलमा जोडी गाँस्न धेरै आए । पछिल्लो सयम उनै सलमान र चर्चित नायिका आलिया भट्टको जोडीको चर्चा हुने गरेको छ । यि दुई ले संजयलीला भन्सालीको निर्देशनमा ‘इन्शाअल्ला’मा सङ्गै काम गर्दै छन् । उनीहरुको जोडी नसुहाउने धेरैको टिप्पणी थियो । किनभने आलिया र सलमानबीच उमेर अन्तर लामो छ । तर, निर्माण युनिटले चलचित्रको कथाबस्तु नै यहीँ उमेर अनुसारको भएको कारण उनीहरुलाई चलचित्रमा लिएको बताएको थियो ।

उमेरको अन्तर लाई कथा बस्तु ले न्याय दिए पनि सलमान लाई जोडी नसुहाउने हो कि भन्ने चिन्ताले भने सताएको बुझिएको छ । त्यही भएर पनि सलमानले निर्देशक भन्सालीसँग आलियालाई तौल बढाउन अनुरोध गर्न लगाएका थिए । सलमानले भनेका थिए, ‘मेरो छेउमा आलिया निकै दुब्लो देखिन्छिन् । मैले तौल घटाउन सक्दिनँ होला । त्यसैले आलियालाई तौल बढाउन भनिदिनुहोस् ।’

For More videos Log on to Mazzako TV