चर्चित गायक स्वरुपराजको हिन्दी गजल ‘बहुत देर’
चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “बहुत देर”को भिडियो सार्वजनिक भएको छ । नेपाल कै लागी फरक प्रयास बताइएको गजलमा डी.आर.अटुको संगीत रहेको छ । गजलमा किरण प्रकाश विसीको शब्द तथा विष्णु अधिकारीको एरेन्ज रहेको छ । प्रेम र विछोडलाई प्रस्तुत गरिएको हिन्दी गजल लाई नेपाली स्रोताले मन पराउनेमा बिश्वासस्थ छन् संगीतकार ।

जिवन श्रेष्ठको छायाँकन,अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । गजलमा सम्पदा बानिँया, सौरभ अधिकारी, गान्धिव सुवेदीको अभिनय रहेको छ ।








