बहुबली “प्रभासको” इन्स्टा आतंक
चर्चित फिल्म ‘बाहुबली’का नायक प्रभासले आफ्नो सिनेमामा मात्र हैन समाजिक सन्जालमा समेत रेकर्ड राखेका छन् । सामाजिक सन्जालबाट टाढै बस्न रुचाउने प्रभास अहिले इन्टाग्राममा देखिएका छन् । उनले आफ्नो आधिकारिक पेज खोले लगतै उनलाई फलो गर्नेको संख्या अपत्यारिलो ढङ्गले बढेको छ ।

त्यती मात्र कहाँ होर, उनले जुन पेज बनाएका थिए त्यसमा कुनै पनि पोस्ट गरेका थिएनन् । पोस्ट नगर्दै उनको इन्टाग्राममा आठ लाख ९२ हजार बढी जोडिन आइपुगे ।समाजिक सन्जालमा देखिएको यस दृस्यपछी भारतिय मिडियाले पनि लेखे, ‘इन्स्टामा पनि बाहुबली सावित भए ।’ समाजिक सन्जालमा उनले एक किसिमको आतंकनै मच्चाए भन्दा फरक नपर्ला।
प्रभासले इन्स्टा बनाउनसाथ नै आठ लाख ९२ हजार प्रसंशकले पच्छ्याउनु पक्कै नौलो कुरा थियो । दक्षिण भारतिय फिल्म उद्योगका कुनै पनि कलाकारको भन्दा उनको बिना पोस्टको इन्स्टा पेजले बढी फलोअर पायो । बक्स अफिसमा थुप्रै रेकर्ड राखेका प्रभासले यसपाली शोसल मिडियामा पनि रेकर्ड बनाए ।









