कलंकको नेपाल रिलिज रोकिदा चलचित्र संघमा खैलाबैला
बलिउड सिनेमा कलंकलाई लिएर चलचित्र संघमा खैलाबैला मच्चिएको छ । भोलीबाट भारतमा रिलिज हुन लागेको यो सिनेमा नेपालमा रिलिज हुने वा नहुने संकट परेपछि यसका वितरक र केही हलवालाहरु चलचित्र संघमा पुगेका छन् ।
चलचित्र संघमा आपत्तकालिन बैठक बोलाइएको छ र यसमा वितरक मनोज राठी, निरक पौडेल पुगेका छन् । यस्तै क्यूएफएक्सका संचालक भाष्कर ढुंगाना, वीग मुभिजका मालिक पनि बैठकमा पुगेका छन् । अरु, हल संचालकहरु यो बैठकमा सहभागी छैनन् ।

बैठकमा सिनेमालाई भोली रिलिज गर्न नदिएको बिषयमा छलफल भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले हिन्दी सिनेमाले नेपाली नियम अनुसार चलाउनुपर्ने अडान राखेपछि यसको सेन्सर समेत रोकिएको छ ।
चलचित्र विकास बोर्डले सेन्सरमा नै मन नदेखाएपछि कलंकको वुधबार नेपाल रिलिज रोकिने प्रवल संभावना छ । यसले सिनेमाका वितरक र केही हलसंचालकलाई भने छटपटी भैरहेको छ ।
For More videos Log on to Mazzako TV