जिरोको तनाबले शाहरुख रिमेक चलचित्र नगर्ने
शाहरुख खान आफ्नो पछिल्लो फिल्म ‘जिरो’को असफलता बाट यसरि तर्सिएका छन् कि उनले लगातार फिल्महरु रिजेक्ट गरिरहेका छन् । ‘जिरो’ असफल भएपछि उनी चलचित्रको छनोटमा सचेत देखिएका छन् । शाहरुखले यसअघि अन्तरिक्ष यात्री राकेश बर्माको बायोपिक चलचित्रमा काम गर्न पनि अस्विकार गरेका थिए ।

यस्तैमा उनलाई एक तामिल चलचित्रको रिमेकका लगि अफर पुगेको थिएको । तामिलको निकै सफल चलचित्र ‘मर्सल’को रिमेकका लागि उनलाई अफर गरिएको थियो । तर, उनि भने उक्त चलचित्रमा काम गर्ने मनस्थितीमा छैनन् । शाहरुख निकट स्रोतले भारतीय मिडियालाई दिएको जानकारी अनुसार उनी अहिले कुनै पनि रिमेक चलचित्रमा काम गर्ने मुडमा छैनन् ।
For More videos Log on to Mazzako TV