आलिया भट्ट ,बरुणा धवन र सिद्धार्थ मल्होत्रा अहिलेको बलिउडका चल्ता पुर्जा हुन् । उनिहरु ३ जनाकै भाग्य खुलेको फिल्म थियो ‘स्टुडेन्ट अफ द इयर’ । ७ बर्ष अघी रिलिज भएको उक्त फिल्मको सिक्क्वेल ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफ र दुई डेब्यु गर्लद्वय तारा सुतरिया र अनन्या पाण्डेलाई पनि देखाइएको छ । मसलेदार ट्रेलरमा टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देख्न सकिन्छ ।

करण जोहरको निर्माणमा बनेको फिल्ममा पुनित मल्होत्राले निर्देशन गरेका हुन् । चलचित्रमा करण जोहरसँगै हिरो यश जोहर र अपूर्व मेहताको पनि लगानी रहेको छ । सफल चलचित्र ‘स्टुडेन्ट अफ द इयर’को दोस्रो भागलाई लिएर धेरै दर्शकहरु आशावादी छन् । तर, यो चलचित्रमा पुरानो चलचित्रका कलाकारहरु लाई देहोराइएको छैन । यस सिरिजमा बरुण, आलिया र सिद्धार्थले केमियो भूमिका भने निर्वाह गर्नेछन् । मार्चको १० तारिखमा यस फिल्म रिलिज हुँदै छ ।

For More videos Log on to Mazzako TV