नेपालमा पब्जी खेल प्रतिबन्ध गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय यो खेलले प्रयोगकर्तामा मानिसक समस्या आउनुका साथै विकृति आएका घटना आएका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि अन्य देशमा पनि प्रतिबन्ध लाग्ने क्रम सुरू भएकाे छ ।

‘पब्जी प्रतिबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार मन्त्रालय लगायतबाट प्राधिकरणलाई निर्देशन आएको थियाे । साथै काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम अपराध अनुसन्धान ब्यूरो (सिआइबी) ले पब्जी प्रतिबन्ध आग्रह गरेको थियो ।

साथै सबै इन्टरनेट सेवा प्रदायकहरुले समेत पब्जी खेललाई प्रतिबन्ध गराउन निर्देशन दिइसकेको इन्टरनेट सेवा प्रदायक संघका अध्‍यक्ष भोजराज भट्टले जानकारी दिए।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।

For More videos Log on to Mazzako TV