साहरुखका छोरा हिरो हैन निर्देशक बन्दै
फिल्म क्षेत्रमा स्टार पावर त हुन्छ नै । स्टार किडको पनि निकै ठुलो फलोअर हुने गरेको देखिन्छ । बलिउडको कुरा गर्नु पर्दा पछिल्लो समय स्टार किड कै समय देखिन्छ । करीना कपुरको छोरा देखी लिएर साहरुख खानको छोरा सम्म निकै चर्चा हुने गर्छ । त्यती मात्र हैन बलिउडमा स्टारकिडको प्रवेश बढिरहेको अवस्था पनि छ । उदाहरणका लागी जान्वी कपुर, साराअली खान आदी । यसै मेलोमा साहरुख खानका छोरा आर्यन खान पनि बलिउड प्रवेश गर्ने तयारी गरिरहेका छन् । तर, आर्यन चलचित्रमा कलाकार नभएर सहायक निर्देशक भएर काम गर्ने भएका हुन् ।

करण जोहरको नयाँ चलचित्र ‘तख्त’मा उनी सहायक निर्देशक बन्ने पक्का भएको हो । उनले मल्टिस्टारर यो चलचित्रका कलाकारहरुलाई सहायक निर्देशक भएर निर्देशन गर्नेछन् । साहरुख खानले पनि केही समय पहिले अन्र्तवार्ता दिने क्रममा आफ्नो छोरा हिरो नभएर लेखक वा निर्देशक बन्ने बताएका थिए । उक्त कुरालाई सत्य साबित गर्दै उनी निर्देशकिय बाटो रोजेका छन् ।
धेरै कलाकार रहेको ‘तख्त’मा रणवीर सिंह, करीना कपुर खान, आलिया भट्ट, अनिल कपुर, विक्की कौशल, भूमि पेडेकर र जान्वी कपुरको प्रमुख भूमिका रहने छ ।
For More videos Log on to Mazzako TV







