रोहित र दिपेन्द्रको टिमअपसंगै दीपक दीपाको ‘छमाया छप्पकै’
दीपकराज गिरी तथा दीपाश्री निरौलाको टिमले निर्माण गर्ने नयाँ फिल्मको नाम फाइनल भएको छ । उक्त नयाँ फिल्मको नाम ‘छमाया छप्पकै’ राखिएको फेसबुक मार्फत जानकारी गराएका छन् । यहि टिमले निर्माण गरेका छक्का पन्जाका तीन सिरिज नेपाली फिल्ममा ईतिहास रच्न सफल समेत भैसेका छन् ।

यो टिमका लागी छ निकै लक्की सबित बनेको छ । आफ्नो टिमसंग अरु टिमलाई मिसाएर नयाँ फिल्म निर्माणको तयारीमा यो टिम रहेको छ । ‘छमाया छप्पकै’ मा रोहित अधिकारीको निर्माण र दिपेन्द्र लामाले निर्देशन रहने छ ।

बैशाखबाट फिल्म फ्लोरमा जाने छ, भने दशैमा रिलिज हुनेछ । फिल्मलाई हरी हुँमागाईले खिच्ने छन् ।
For More videos Log on to Mazzako TV







