खतरनाक रोग बाट ग्रसित बलिउडका चर्चित कलाकार इरफान खान अब फिल्म खेल्न सुरु गरेका छन् । ‘निउरो एन्डोचृन’ ट्युमरको लन्डनमा उपचार गराइरहेका खान अहिले भारत फर्किसकेका छन् । उनले भारत फर्किएर लगतै नयाँ चलचित्रको काम पनि सुरु गरेका छन् । इरफानले आफ्नो नयाँ चलचित्र ‘अंग्रेजी मिडियम’को छायांकन सुर गरेका हुन् ।

होमी अडजानियाले निर्देशन गर्ने उक्त चलचित्र को छायांकन उदयपुरबाट सुरु भएको हो । उक्त चलचित्र लाई दिनेश विजनले निर्माण गरेका छन् । इरफान खान गम्भिर बिरामी बाट पुर्ण रुपमा निको नहुँदै फिल्ममा फर्किएको कुरा लाई धेरैले प्रसंसा गरेका छन् ।

For More videos Log on to Mazzako TV