बलिउडका चर्चित नायक्द्धय रणवीर कपुर र अजय देवगण लव रन्जनको निर्देशनमा बन्न लागेको नयाँ फिल्मका लागि पक्क भैसकेका छन् । यस चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो । तर, उक्त कुरा गलत साबित भएको छ । फिल्ममा जान्वी कपुरले दीपिका लाई बिस्थापित गरेकी छिन् । यस फिल्ममा जान्वी रणवीरको जोडीको रुपमा देखिने छिन् । अजयको जोडीको लागी भने खोजीकार्य जारी रहेको छ ।

फिल्मको नाम नै नखुलाईएको यस प्रोजेक्टको प्रोडक्सनमा काम भइरहेको छ । एक्सन जनरामा निर्माण हुन लागेको यो चलचित्रमा निर्देशक रन्जनकै लगानी रहने छ । डिसेम्बरबाट सुरु हुने फिल्मको छायांकन सन् २०२० को अप्रिलसम्म पूर्ण काम सक्ने तयारीमा निर्माण युनिट रहेको बताइएको छ।

For More videos Log on to Mazzako TV