चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।

यस गीतलाई रवि अधिकारीले लेखेका हुन् । गीतलाई संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’ गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको अभिनय रहेको छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन ‘।

For More videos Log on to Mazzako TV