नेपाली कलाकार हिउँमूर्ति बनाउन फ्रान्स जाँदै
फ्रान्सको भ्यालोरमा ‘इन्टरनेसनल स्नो फेस्टिभल’ हुँदैछ । जसमा भाग लिन तीन नेपाली मूर्तिकार हिउँमूर्ति बनाउन फ्रान्स जाने भएका छन् । जसमध्य मूर्तिकार राजु पिठाकोटे, शिाल सारुमगर र दिपेश घिमिरेको टिम छानिएको छ ।
माउण्ट एभरेस्ट टिम नाम राखिएको नेपालसहित उक्त प्रतिस्पर्धामा विश्वभरीबाट ८ वटा टिम छानिएको छ । जनवरी २२ देखि २५ सम्म हुने उक्त फेस्टिभलमा नेपाली समूहले ‘ह्वाइट ड्रपस्’ शीर्षकमा हिउँमा मूर्ति बनाउने छन् । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आफूहरुले काम गर्ने कार्यक्रममा सहभागि हुने नेपाली कलाकार ले जनाए ।
For More videos Log on to Mazzako TV