चोभार नेपाली फिल्म छायांकनको लागी उर्बर स्ठान हो । सोही रमणीय स्थलमा अहिले सुनिल थापा अभिनित फिल्म ‘रे’ को एक एक्सन सिनको छायांकन भइरहेको छ ।छायांकन भइरहेको एक्सन सिनमा निर्माण टिमले महँगो खर्चमा हेलिकप्टर समेत प्रयोग गरेको छ ।

उक्त फिल्म लाई दिनेश पौडेलले निर्देशन गर्दै छन् । फिल्ममा सुनिल थापाको साथमा दिवस धिताल, सुजता थापा, क्रान्ति बराइली मुख्य भूमिकामा छन् । अबको केही दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने निर्माता राजेन्द्र त्रिपाठीले बताए । सवा करोडमा फिल्मको निर्माण सम्पन्न हुने उनको आँकलन छ । आउँदो तीजमा फिल्म रिलिज हुनेछ । यस फिल्ममा दोय कुमार श्रेष्ठ र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

For More videos Log on to Mazzako TV