राजीव गुरुङ अर्थात ‘दिपक मनाङ्गे’ले अब चलचित्र निर्माण गर्ने भएका छन् । केहि बर्ष अघी उनको लगानीमा चलचित्र निर्माण भएको चर्चा थियो । उक्त चर्चामा रहेको फिल्म ‘वन वे’ हो । उक्त चलचित्रबाट मनाङ्गेका छोरा सिद्धार्थले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । तर, सिद्धार्थ को चलचित्र क्षेत्रमा खासै जादु देखिएन । उनै मनाङ्गेले यसपटक भने पर्दा अगाडि नै देखिएर चलचित्रमा लगानी गर्न लागेका छन् । चलचित्रका लागि निर्देशक शिशिर राणालाई चयन गरिएको छ ।

कलाकारको टुंगो केही दिनमै लगाउने शिशिरले बताए । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा श्यामबहादुर थापाको प्रस्तुती रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली छन् । चलचित्रको लागि एउटा गीत तयार भैसकेको छ भने कथा पनि अन्तिम चरणमा छ ।

चलचित्रको ठ्याकै कथा बस्तु थाहा नभए पनि बिहेपछिको दम्पत्तीको कथालाई उठान गर्ने वुझिएको छ । चलचित्रको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV