घृणा र तिरस्कारले सिङ्गारेको सपना
अनिल पंगेनी,
सपना सबैको हुन्छ । सपना लाई महल वा झुप्रो ले छेक्नु हुँदैन । सपना त बस सपना हो । कहिले काहिँ सपना स्वत स्फुर्त उब्जिन्छ। कहिले कसैको करकापमा, त कहिले कसैको तिखो वाक्य नै त्यो सपनाको दरिलो मेरुदन्ड बन्छ ।
मोरङ्, उर्लाबारीका ‘यज्ञ बहादुर कटवाल’ हिजो आज पूर्वका इकु भनेर चर्चित छन् । रुप र रङ्गले अलि अनौठा देखिने उनि अहिले काठ्मान्डौमा छन् -सपना खोज्नको लागी ।
जब उनको जन्म भयो । गाउँभरी हल्ला चल्यो,फलानोको घरमा त कस्तो डर लाग्दो बच्चा जन्मेको छ । परिवारमा पनि नयाँ बालक जन्मेकोमा खुशी खासै थिएनन् । सायद आमा पनि डराउँथिन् । तर के गर्नु आफ्नै सन्तान, त्यसमाथी आफुले जन्माएको ।
धेरै मान्छे हरु भुत ,राक्षेस जस्ता अनेक नामले बोलाउथें । पिडा असैह्य थियो । तर बुझी दिने को ?
यज्ञ बहादुर कटवलको यस्तो किसिमको शारीरिक फरकपन उनि सानै हुँदा देखीनै थियो । त्यसैले कसैले पनि यस्को उपचारको लागी चासो देखाएनन् । एउटा गरीब परिवारमा हरेक दिनको छाकको समस्यामा त्यस्तो बिचित्रको रोग को खोजी र उपचार कस्ले सोचिदिने अनि कस्ले खर्छ गर्ने । असम्भब नै थिए सबै कुरा ।
बेला बखत उनलाई निकै गाह्रो हुने गर्छ अरे । केहि समयअघी नाक बाट २०० वटा जती किरा नै निस्किएछन् । “घर मै बसेको भए त मर्ने नै थिए धन्न कस्ले अस्पताल लगिदिएछ”-उनि सुनाउँछन् । उनलाई स्मरण को समस्या पनि छ । कती कुराहरु उनले धेरै बेर सम्झिन सक्दैनन् । जे सम्झिन्छन्, त्यो कुनै फिल्टर नै नगरि भन्छन् । कसैलाई गाली गर्नु पर्यो मज्जाले गाली, अनि कसैलाई तारिफ गर्नु पर्यो भने हृदय खुला पार्छन् यज्ञ ।
२७ बर्षे यि युवकलाई दुनियाको आफु प्रतिको हेय को द्र्स्टी आजकल कुनै नौलो लाग्दैन । बरु जुन कुरुपता देखाएर मानिसहरु उनलाई छुट्टै नजर ले हेर्छन्, सोही कुरा लाई उनि आफ्नो तागत बनाउँदै छन् ।
जिब्रो ले निधार सम्म छुने देखी मुख बाट छुट्टै आवाज निकालेर उनले धेरै ठाउँमा चर्चा कमाइसकेका छन् । यज्ञलाई पछिल्लो समय एउटा म्युजिक भिडियो र “मेरी बास्सै”मा समेत अभीनय गर्ने अवसर जुटेको छ । उनलाई ठुलो इक्ष्या छ नाम कमाउने र कलाकार बन्ने ।
आमा नहुँदा को पिडा सम्झिदाँ आसु झार्ने यज्ञ, धेरै कुरा नसम्झे पनि आफुलाई निकै सकस दिएका घटना र ब्यक्ती लाई कहिल्यै नभुल्ने बताउँछन् । उनिसङ्ग ति सबै मान्छेको ईख छ जस्ले पिडामा नुन छर्के । तर त्यो ईख लाई बिष होईन एउटा जिवन जिउने दरिलो सिख लिएर अघी बढ्न चाहन्छन् यि पूर्वका इकु-यज्ञ बहादुर कटवाल ।
यज्ञ बहादुर कटवाल सङ्गको (भिडियो अन्तर्वार्ता )
For More videos Log on to Mazzako TV