निलमको ‘योगमाया’लाई मदन पुरस्कार, शान्तदास मानन्धरलाई जगदम्बाश्री ।
यस वर्षको मदन पुरस्कार निलम कार्की (निहारिका) को ‘योगमाया’ ले कब्जा गरेको छ।
आठ पुस्तक सिफारिस गरिएको यस बर्षको मदन पुरस्कार योगमायालाई प्रधान गरिएको जानकारी मदन पुरस्कार गुठीले दिएको छ । सिफारिस भएका पुस्तकहरु – ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’) थिए।

साहित्यकार निलम कार्की (दायाँ) र उनको उपन्यास ‘योगमाया (बायाँ)
त्यस्तै नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा आफ्नो जिवनकाल को अर्धशताब्दी खर्चेका शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णयपनि गुठीले गरेको छ।

भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा १९३० तिर जन्मिएकी योगमाया न्यौपाने निरंकुश राणाशासनको विरोध गर्ने सामाजिक आन्दोलनकर्ता थिइन् । अशिक्षित नेपाली समाजलाई संगठित गरी अन्याय बिरुद्ध लड्नुपर्छ र आइपरे मर्न र मार्न पनि पछी हट्नु हुँदैन भन्ने अडानकै कारण चर्चित रहिन । तिनै योगमायाका बारेमा स्थलगत अध्ययन गरी साहित्यकार कार्कीले तयार पारेको उपन्यास हो ‘योगमाया’।
For More videos Log on to Mazzako TV







