पुषको चिसोमा मण्डलामा ‘चिसो भञ्ज्याङ’ (फोटो फिचर)
मण्डला नाटक घरमा प्रसिद्घ उपन्यास ‘अटोन्मेन्ट’ मा आधारित नाटक ‘चिसो भञ्ज्याङ’ मञ्चन भैरहेको छ । सन्दिप श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटक पौष ७ गतेबाट मञ्चन भैरहेको हो । नाटक पौष ३० गते सम्म मञ्चन हुनेछ । नाटक हेरिरहँदा लिम्बु संकृतिको धान नाँच तथा पालमलाई समेत देख्न सकिन्छ । नाटकले दश बर्षे नेपालको माओबादी शसस्त्र द्न्द्लाई पनि महसुस गर्न सकिन्छ ।

सुदुर पुर्वको एउटा गाउँमा गाउँलेहरु मेलाको तयारीमा छन् । बाबुसाहेबको छारी मुना र उसको घरमा काम गर्नेको छोरो आलोकको बिचमा प्रेमको मुना पलाईरहेको हुन्छ । यसैबिचमा बाबुसाहेबको कान्छी छोरी गरिमाले आलोकलाई माइली दीदी कमलाको बलत्कारको दोष लगाउँछिन् । नाटकको कथा यसैको वरिपरि घुम्छ ।

नाटकमा अनुप न्यौपाने, पुजा लामा, सबिना गोपाली दीपिका ढकाल, रोशन सुबेदी, बारात लिम्बु, संदीप राई, बिकाश पन्त, सीता रानामगर, सगुन पोख्रेल, उदय लिम्बु, बिबेक रसाईली, अनजा अधिकारी, समापिका गौतम र प्रतिक दुलालको अभिनय रहेको छ ।

नाटक सोमबार बाहेक हरेक दिन साँझ ४.४५ बजे मञ्चन हुन्छ । भने शनिबार दिउँसो १ बजे समेत मञ्चन हुने गर्दछ ।









