जब मोनालीले मध्य रातमा ‘टच मि टच मि’ भनिन्, त्यसपछि.. (फोटो फिचर)

बलिउडकी चर्चित पाश्र्व गायिका मोनाली ठाकुरले काठमाण्डौमा श्रोता दर्शकलाई झुमाएकी छिन् । काठमाण्डौ स्थित दरबारमार्ग नजिकै रहेको डेजा भू क्लबमा शनिबार मोनालीले संगीत प्रस्तुति दिएकी हुन् ।

शुक्रबार नेपाल आएकी बलिउडकी चर्चित सुन्दरीले रातको ११ बजेमात्र डेजा भू क्लबमा आफ्नो उपस्थिती जनाइन् । काठमाण्डौमा बढ्दै गएको चिसोलाई मोनालीको जादुमय स्वर र सुन्दरताले पछि पारिदियो ।

पर्फेक्ट प्लान इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रममा चर्चित गायिकाले आफ्ना चर्चित गीत सुनाइन् । उनले ‘मोह मोह के धाँगे, टच मी टच मी, छम छम’ लगायतका चर्चित हिट गीत सुनाइन् । एक दर्जन भन्दा बढी गीत गाउँदै गर्दा मोनालीले बारम्बार ‘आइ लभ नेपाल’ भन्न भ्याइन् ।

मोनालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली गीत पनि गाउने बताएपनि शनिबार भने नेपाली गीत गाइनन् । उनको कन्सर्ट हेर्नका लागि नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहार पनि डेजा भू पुगेका थिए । नायक आर्यन सिग्देलदेखि कलाकार प्रशान्त ताम्राकार मोनालीको कन्सर्टमा रमाए ।













