चराहरुको राजालाई भेट्ने चाहाना पुरा होला ?
अभिनेत्री तथा रंगकर्मी दिया मास्के निर्देशित नाटक ‘चराहरुको सम्मेलन’ शिल्पी थिएटरमा मञ्चल भैरहेको छ । बत्तिस पुतली स्थित शिल्पी थिएटरमा असोज २० गतेबाट नाटक मञ्चल भैरहेको हो । नाटकले राम्रो प्रतिक्रिया पाइरहेको छ । चराहरुको राजा लाई भेट्न जाने क्रममा हुने बिभिन्न सघर्ष नै कथाको सार हो । चराहरुको दुख पिडा भएता पनि मानविय जिबनको यथार्थलाई नाटकले चित्रण गर्दछ । एक्टर्स स्टुडियोको प्रस्तुती रहेको नाटकलाई रोमान्चक तरिकाले प्रस्तुत गरिएकाले पनि दर्शकको मन छुन्छ ।

नाटकमा सुरज मल्ल, आयुष प्याकुरेल, अर्जुन न्यौपाने, रोशनी स्याङ्बो, गौरब बिष्ट, मनीश निरौला, कमल देबकोटा, सेरफ लामा, मनोज थापा मगर, सुमन श्रेष्ठ, अन्जना लिम्बु, बिनिता थापा मगर, साधना भण्डारी सुजता गुरुङ, सरोज श्रेष्ठ, केशब सिंह ठगुन्ना, गणेश बस्याल, सुर्यमान लिम्बु, शिक्षा केसी, निशास राई, सहयोग राज अधिकारी, राजेश कुमार राई, इशिका लिम्बु लगायत कलाकारको अभिनय छ ।









