५ अर्बको प्रोजेक्ट
‘नमुना नेपाल’ नाम दिइएको परियोजनाको घोषणा गरिएको छ । यो योजनाका लागि ५ अर्ब बजेट लाग्ने समेत बताइएको छ । नेपाल सरकार वा कुनै व्यक्तिबाट ५ सयदेखि हजार रोपनी जग्गा पाएकै दिन शिलन्यास गर्ने फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।
तराई, हिमाल र पहाड जोड्ने यो योजना पुरा गर्नका लागि सरकारको सहयोग चाहिने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । ‘धुर्मुस-सुन्तली फाउन्डेशन’का अध्यक्ष सिताराम कट्टेलले भने-‘सरकारले सहयोग गरेन भने पनि यो प्रोजेक्ट पुरा गरेरै छाड्नेछौ ।’
उनले, हरेक नेपालीले २ सय रुपैयाँ र विदेशमा बस्ने नेपालीले २ हजारका दरले सहयोग गर्दा पनि यो प्रोजेक्ट बन्ने बताए । फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेका अनुसार, यो उनले केही बर्ष अगाडि नै देखेको सपना हो । उनले, सपना पुरा गर्नका लागि आफूहरु रात दिन नभनी लागेको समेत बताइन् । कार्यक्रममा सरकारी निकायका विभिन्न पदाधिकारीहरुले सहयोग गर्ने बताएका थिए ।
५ अर्बको यो प्रोजेक्ट कस्तो हो त ? हेर्नुस् मज्जाको भिडियो…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।
For More videos Log on to Mazzako TV







