हेर्नुस् सेलिव्रेटीको ‘ह्याप्पी होली’ फोटो फिचर
यस वर्षको होली कलाकर्मीहरुले हर्षोउल्लासका साथ खेलेका छन् । सधा झैं यस वर्ष पनि अभिनेत्री करिश्मा मानन्धरले गोदावरी विवासमा होली कार्यक्रमको आयोजना गरिन् । करिश्मा निवासमा नयाँ शक्तिकी नेतृ हिसिला यमीदेखि थुप्रै कलाकर्मी होली खेल्न पुगेका थिए ।
यस्तै नायिका रेखा थापाले ए.माओवादीको शिर्ष नेता नारायणकाजी श्रेष्ठको हात्तिवन निवासमै गएर होली खेलिन् भने होलिका विभिन्न कार्यक्रममा चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को पनि प्रचार गरिन् । यता निर्माता छविराज ओझाले पनि बानेश्वर हाइटमा रहेको नमस्ते नेपाल कार्यालयमा होलि कार्यक्रमको आयोजना गरे । नमस्ते नेपालमा नायिका शिल्पा पोखरेल सहित विभिन्न फिल्मकर्मी होली खेल्न पुगेका थिए ।
टिभी फिल्मले आयोजना गरेको फिल्मी होलि कार्यक्रममा विभिन्न सेलिव्रेटीहरु उपस्थित थिए । भुवन केसी, रेखा थापा, नम्रता श्रेष्ठ, संचिता लुईंटेल, नीता ढुंगाना, अनु शाह, लगायत सेलिव्रेटी फिल्मी होलीमा सहभागी थिए । फिल्मकर्मीको यस वर्षको होली तस्बिरमा हेर्नुस् :
For More videos Log on to Mazzako TV