‘लप्पन छप्पन’ मा निश्चलको रक : २४ घण्टा नबित्दै युट्युवमा बस्यो यस्तो रेकर्ड
फिल्म ‘लप्पन छप्पन’ को सार्वजनिक नयाँ गीतले युट्युवमा रिलिज भएको चौविस घण्टा नपुग्दै दुई लाख बढी भ्युअर्स पाएको छ । निर्देशक निश्चल बस्नेतले गाएको ‘पोको पारेर’ बोलको गीत युट्युव ट्रेनिडङमा १८ नम्वरमा छ । गीतको शब्द र संगीत दीपक आरजेले दिएका हुन् । रक पप प्याट्रनको गीतको भिडियो यस्तो छ :
मल्टीस्टारर ग्याङस्टार फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ र नव नायकद्वाय प्रकाशजंग शाह र सिड खरेलको अभिनय रहेको छ । फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् भने निर्माता डम्वर चन्द रहेका छन् ।
For More videos Log on to Mazzako TV