यो शुक्रबारबाट दुई फरक स्वादका नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । साँगीतिक प्रेम कथा भनिएको फिल्म ‘लेक साइड’ र दिदी र भाईबिचको भावनात्मक सम्बन्धको कथा भन्ने फिल्म ‘डाइङ क्यान्डल’ ले दर्शकलाई हलसम्म आकर्षण गर्लान् ? दुई फिल्महरुबारे छोटकरीमा चर्चा गरौं :

dying-candle-lake-side

‘डाइङ क्यान्डल’
नरेशकुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्म ‘डाइङ क्यान्डल’ मा अभिनेत्री सृजना सुब्बा र बाल कलाकार लाक्पासिङ्गी तामाङको मुख्य भूमिका रहेको छ । फिल्ममा यी दुई दिदी र भाईको भूमिकामा देखिएका छन् । यस्तै कलाकार विद्या कार्की, अभिनेताद्वाय सौगात मल्ल र अर्पण थापाको पनि फिल्ममा अभिनय छ । रविन आचार्य, बिमल सुवेदी र उत्तम केसीको संयुक्त लगानी रहेको फिल्मलाई निर्माता आचार्य र दिपाङ्कर सिक्देरले खिचेका हुन् । ‘डाइङ क्यान्डल’ लाई प्रिमियरमा मिलेको प्रतिक्रिया यस्तो छ : 

‘लेक साइड’
एक समयका चल्तापुर्जा नायक जीवन लुईंटल र नायिका नीता ढुंगानाको मुख्य अभिनय रहेको फिल्म ‘लेक साइड’ लाई राजु अधिकारीले निर्देशन गरेका हुन् । सुन्दर नगरी पोखराको लेक साइडमा रहेका युवा पुस्ताको संगीत प्रतिको मोह अनि प्रेमलाई फिल्ममा उतारिएको छ । ईन्द्रा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा अञ्जल ढुंगाना निर्माताको रुपमा रहेका छन् । फिल्ममा जीवन र नीतासँगै नायक दीपक ढकालको पनि अभिनय रहेको छ । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV