अभिनेत्री लिजा हेडन गर्भवती भएकी छिन् । उनले आफू गर्भवती भएको खबर इन्स्टाग्राममा तस्बिर शेयर गरेर जानकारी गराएकी छिन् । तस्बिरमा उनको बढ्दै गरेको पेट देख्न सकिन्छ ।
liza pregnent
सन् २०१७ को अक्टोबर २९ तारिखमा उनले प्रेमी डिनो ललवानीसँग बिहे गरेकी थिइन् । थाइल्याण्डको फुकेटमा यी दुइले बिहे गरेका थिए । बिहेको गरेको करिब डेढ महिनामा नै उनी आमा बन्ने तयारीमा छिन् ।

डेढ सालदेखि प्रेममा रहेका लिसा र उनका प्रेमीले अन्ततः बिहे गर्ने निर्णय गरेका थिए । फिल्म ‘ए दिल हे मुश्किल’मा दर्शकले लिजालाई देख्न पाएका थिए । उनले ‘आयसा, रास्कल, क्विन, हाउसफूल ३’ जस्ता चर्चित फिल्ममा काम गरेकी छिनि् ।

For More videos Log on to Mazzako TV