नेपाली हास्य चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ, जसमा केदार घिमिरे ‘माग्ने बुढा’ फरक र आकर्षक स्वरूपमा देखिएका छन्। टिजरमा उनले बोल्ने संवाद र प्रस्तुत शैलीले हल्का रमाइलो मात्रै होइन, पूरा रमाइलो गराउने संकेत गरेको छ।

टिजरमा केदारसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि देखिएका छन्। माग्ने बुढा र तक्मे बुढाको लोकप्रिय जोडी फेरि एकपटक स्क्रिनमा देखिन लागेको दृश्यले दर्शकमा उत्साह थपेको छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता हुन्। आगामी भदौ ६ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने ‘माग्ने राजा’ले दर्शकलाई फरक कमेडी अनुभव दिने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV