गएको साता मात्रै अफिसियल पोस्टर रिलिज गरिएको फिल्म ‘लाल्टिन’ को लिरिकल सङ्ग रिलिज गरिएको छ । ‘ह्विस्कि’ बोलको गीतमा किरण माइकलको शब्द तथा संगीत रहेको छ भने स्वर विनोद ढकाल, सोमिया बराईली र किरण आफ्नै रहेको छ ।

laltin

एमसन पिक्चर्सको प्रस्तुतीमा भानु प्रतापको प्रस्तुती रहेको फिल्म ‘लाल्टिन’ नेपालको वर्तमान अवस्था र त्यसमा प्रहरी प्रशासनको भूमिका बारे बनेको फिल्म हो । देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा दयाहाङ राई, प्रियंका कार्की केकी अधिकारीसँगै अर्जुनजंग शाही, ए.गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर सहित नव प्रस्तुतीको रुपमा राज कट्वाल र निराजन थापा प्रस्तुत भएका छन् । चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म  ‘लाल्टिन’ को लिरिकल सङ्ग सुन्नुस् :

For More videos Log on to Mazzako TV