बिहिबार बाटै लाग्ने ‘किङग’ बारे के भन्छन् कलाकार ?
यही बिहिबार, पुष २८ गतेदेखि फिल्म ‘किङ्ग’ अल नेपाल प्रदर्शनमा आउँदैछ । सविर श्रेष्ठको निर्देशन र जयन श्रेष्ठको निर्देशन रहेको यो एक्सन लभ स्टोरी फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्ने विश्वास छ । दर्शकमाझ आउँन केही दिन मात्रै बाँकी हुँदा यसका कलाकारहरुको भनाई यस्तो छ :
निखिल उप्रेती : ‘किङग’ नाम जस्तै फिल्म बनेको छ र यसको चर्चा पनि व्यापक छ । मलाई खुशी लागेको छ, बिग बजेटमा एउटा सम्पूर्ण पक्षबाट उत्कृष्ट फिल्म हामीले दिने प्रयास गरेका छौ । फिल्ममा मेरो भूमिका ‘किङग’ को नै हो । म समाजमा आफ्नो मर्जिको ‘किङग’ को रुपमा फिल्म भित्र देखिन्छु । ‘किङग’ हरेक मान्छे भित्र लुकेको हुन्छ । तपाई पनि आफ्नो मर्जिको ‘किङग’ हो र म पनि ।
वेनिशा हमाल : मलाई लभ स्टोरी फिल्म मनपर्छ । ‘किङग’ मा लभस्टोरी त छंदै छ, मैंले गर्न चाहेको एउटा बिग फिल्म जसमा लार्जर देन लाइफ बिषय समावेस होस् । यो फिल्म ‘किङग’ भित्र मैले चाहेको काम गर्न पाएको छु । यसकारण म खुशी एवं उत्साहित छु । फिल्मले बजारमा पाएको वजले पनि फिल्म सफल हुन्छ विश्वस्त छु ।
अनुपबिक्रम शाही : मलाई सधैं एक्सन थ्रिलर फिल्म गर्न मन पर्छ । ‘किङग’ भित्र पनि त्यस्तै खुराक छन् । फिल्ममा निखिल दाई र म दुबैको रोजाईमा बेनिशा पर्छिन् र उसलाई पाउँन हामी दुबैले आफ्नो ठाउँबाट संघर्ष गर्छौं तर म भिलेन भने होईन । हामी दुवै आफ्नो ठाउमा हिरो हौ मात्र हाम्रो तरिका अनि भूमिका फरक छ ।
For More videos Log on to Mazzako TV