सामाजिक सहयोगार्थ ४० सेलिव्रेटीको क्याटवक (फोटो फिचर)
सामाजिक सहयोगार्थ गत बिहिबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा ४० बढी सेलिव्रेटी र्याम्पमा उत्रिएका छन् । पहिलो नेपाली फिल्म ‘आमा’ की अभिनेत्री भूवन चन्ददेखि पछिल्लो पुस्ताकी नायिका बर्षा राउतसम्म ‘डे सेलिव्रेटी रन वे’ मा क्याट वक गरे । अभिनेत्री गौरी मल्ल र निर्मात्री पूनम गौतमको पूनम इन्टरटेन्मेन्टको संयुक्त प्रयासमा करिब चालिस जनाले सेलिव्रेटीहरुले विभिन्न डिजाइनका फेसनमा क्याट वक गरेका हुन् ।

भूवन चन्द, बसुन्धरा भूषाल, चैत्यदेवी, सुभद्रा अधिकारी, तुलसी घिमिरे, भुवन केसी, कृष्ण मल्ल, विजय लामा, सरोज खनाल, निखिल उप्रेती, लक्ष्मी गिरी, रुपा राणा, दीपाश्री निरौला, सरिता लामिछाने, संचिता लुईंटेल, सुस्मा कार्की, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, वेनिशा हमाल, अनु शाह, नम्रता सापकोटा, अशिष्मा नकर्मी, चाँदनी शर्मा, आश्मा डिसी, सृष्टि श्रेष्ठ, बर्षा राउत, मरिस्का पोखरेल, सुरक्षा पन्त, साहारा कार्की, श्रद्धा प्रसाईं, आशिफ शाह, गौरव पहारी, नरेन खड्का, दिक्पाल कार्की, सुशिल श्रेष्ठ, नाजिर हुसेन, आर्यन अधिकारी, पुष्पल खड्का, अनुभव रेग्मी, गायिका रेखा शाह, हेयर डिजाइनर निल डेभिड र्याम्पमा उत्रिएका थिए ।

कार्यक्रममा अभिनेत्री गौरी मल्ल र रेखा थापाले गीत प्रस्तुत गरेका थिए । शो बाट नाफा भएको रकमले ‘ब्लाइन्ड शो’ गरिने कार्यक्रम संयोजक गौतमले बताएकी छिन् । तस्बिरहरु : उद्धव रसाईली

















