‘सानो संसार’ हेरेपछि कर्मसँग भएको थियो केकीको क्रस
यतिबेला नायिका केकी अधिकारी र नायक कर्म फिल्म ‘लभ सासा’ को प्रचार प्रसारमा व्यस्त छन् । फिल्मी करिअर सुरु भएको झण्डै एक दशक पुग्न लाग्दा केकी र कर्मले पहिलो पटक यो लभ स्टोरी फिल्ममा स्क्रिन सेयर गरेका हुन् । फिल्म ‘लभ सासा’ यही पुष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
करिअर सुरु भएको लामो समयपछि पर्दामा जोडी बाँधिएपनि केकी र कर्मले एक अर्कालाई भने पहिले देखि नै ‘नोटिस’ गरेका रहेछन् । कर्म अभिनित पहिलो फिल्म ‘सानो संसार’ हेर्दा कर्मसँग केकीको क्रस नै भएछ । म्युजिक भिडियो हुँदै फिल्म खेल्न थालेपछि केकी कर्मसँग स्क्रिन सेयर गर्न लालयीत भएकी रैछन् । ‘लभ सासामा कर्मको जोडी भनेपछि मनै फुरुङ भएको थियो’ केकीले भनिन् ।
उसो त कर्मले पनि केकीले अभिनय गरेका फिल्महरु हेरेका रहेछन् । ‘मलाई पनि केकीसँग स्क्रिन सेयर गर्न मन थियो’ कर्म भन्छन्, ‘अब त छोड्दै छोड्दिंन ।’ यसको मतलब आगामी आफुले खेल्ने फिल्महरुमा केकीको सिफारिस गर्ने कर्म ठट्यौली शैलीमा भन्छन् ।
माधव वाग्लले निर्माण गरेको फिल्म ‘लभ सासा’ बिहिबार, पुष २८ गते नै प्रदर्शनमा आउँदैछ । निर्देशक प्रचण्डमान श्रेष्ठले राम्रो फिल्म बनाएको भन्दै केकी र कर्मले आफ्ना ‘फ्यान’ लाई फिल्म हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन् ।
For More videos Log on to Mazzako TV