जन्मदिनमा शिल्पाले स्विकारिन् ‘मेरो बिहे छवि ‘बा’ सँगै हुन्छ’
निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच बिवाह हुने भएको छ । नायिका पोखरेल स्वयमले यो कुरा स्विकार गरेकी हुन् । पुष ७ गते आफ्नो जन्मदिन मनाइरहेकी शिल्पाले निर्माता ओझासँग आफ्नो बिवाह पक्का भएको मज्जाको अनलाइन डटकमलाई बताइन् ।

के तपाईंको बिवाह निर्माता छविराज ओझासँग भएको हो ? भन्ने प्रश्नमा शिल्पाले भनिन्, ‘बिवाह भएको चाहिं होइन, हुने चाहिं पक्का हो ।’ आगामी बर्ष निर्माता ओझासँग आफ्नो बिहे हुने शिल्पाले खुलाइन् । छविराज प्रोडक्सनबाट निर्माण हुने पछिल्लो फिल्म ‘मंगलम’ बाट निर्मात्री बनेकी शिल्पाले सोही ब्यानरको ‘लज्जा’ बाट नेपाली फिल्म नगरीमा नायिकाको रुपमा डेव्यु गरेकी हुन् । हुनेवाला पती अर्थात् छवि बा बाट चाहिं जन्मदिनको के उपहार पाउनु भयो त ?

‘मैंले अस्ति नै उपहार पाइसकें । छविराज प्रोडक्सनको निर्मात्री हुनु सानो उपहार हो र ?’ शिल्पाले भनिन् । निर्देशक सम्झना रौनियार उप्रेतीबाट रातको बाह्र बजे वर्थ डे केक उपहार पाएकी शिल्पाले आफ्नो बर्ष भने खुलाउन चाहिनन् । शिल्पालाई मज्जाको अनलाइन डटकमको तर्फबाट पनि जन्मदिनको शुभकामना ! बिहेको चर्चा चलेपछि पहिलो पटक निर्माता ओझा र शिल्पासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :








