‘वान टेक’ मुभी ‘जालो’ र ‘जालो रिटन्र्स’ को क्लोज क्याम्प सुरु भएको । निर्देशक, निर्माता, कलाकार तथा प्राविधिक गरी करिब एक सय जना कात्तिक २५ गतेबाट क्लोज क्याम्पमा रहेको बसेको निर्देशक अराजकेशव गिरीले बताएका छन् ।

nirajan-in-jalo

निर्देशक गिरीका अनुसार काठमाडौंको बुढानिलकण्ठमा करिब वर्कसप करिब १० दिनसम्म चल्नेछ । वान टेकमा विश्वकै लामो फिल्म बनाएर गिनिज बुकमा रेकर्ड बनाउने उद्धेश्यले ‘जालो’ र ‘जालो रिटर्न्स’ निर्माण गर्न लागिएको हो । जहाँ निर शाह, अनुपविक्रम शाही, मेनुका प्रधान, रविन्द्र खड्का, प्रमिला खनाल, रेमनदास श्रेष्ठ, मुना गौचन लगायतका कलाकारहरुको अभिनय रहनेछ । यस्तै मोडल निराजन प्रधान यो विश्व रेकर्ड कायम गर्ने फिल्ममा इन्ट्री भएका छन् । अन्तिममा समयमा निराजन यो फिल्ममा आवद्ध भएका हुन् । उनी हाल वर्कसपमा व्यस्त छन् ।

For More videos Log on to Mazzako TV