‘दक्षिणा’ फिल्मबाट उदाएकी अभिनेत्री निरुता सिंहले झण्डै एक दशक नेपाल फिल्म क्षेत्रमा राज गरिन् । आफ्नो समयकी लोकप्रिय अभिनेत्री अहिले भने गुमनाम छिन् । निरुता अहिले कहाँ के गर्दै छिन् ? बुझ्न मुस्किल छ ।

niruta-singh-still

आफुलाई ‘मोर्डन’ रोलमा पस्केको फिल्म ‘द् गेम’ असफल भएपछि बम्बईमा नयाँ करिअर खोज्न हिंडेकी निरुता गत साता सिक्किममा आयोजित इनास अवार्डमा भेटिइन् । लामो समयदेखि नेपाली फिल्म क्षेत्रबाट पर रहेकी निरुता सिक्किमको उक्त अवार्डमा भने ‘रिजर्भ’ देखिइन् । अभिनेत्री करिश्मा मानन्धरको आडमा भैरहने निरुता मिडियासँग तर्कंदै हिंडिन । फोटो तथा भिडियोको लागि आग्रह गर्दा ‘एकछिन है’ भन्दै निरुताले पर्खाइ मात्रै रहिन् । उनले भिडियो कुराकानी गर्न मानिन् । फोटो पनि आनाकानी गर्दै खिचाइन् ।

niruta-karishma

एक समय चर्चाको शिखरमा रहेकी निरुताले नेपाली मिडियासँग किन त्यसो गरिन् ? उनले सबै मिडियाकर्मीलाई सोचमा पारिदिइन् । तर उनले राम्रो रोलको अफर आए फिल्म भने खेल्ने बताइन् । उनले भन्नका लागि त्यसो भनिन् या मनैबाट ? निरुताको उक्त व्यवहारले के प्रष्ट्याउँछ भने उनी हाल जहाँ छिन् सोही ठाउँमा खुसी छिन्, नेपाली फिल्म क्षेत्रमा फर्कन चाहन्नन् ।

‘दर्पण छाँया’, ‘बन्धकी’ जस्ता दर्जन बढी सुपरहिट फिल्म दिएकी निरुताको अन्तिम हिट फिल्म ‘अजम्बरी नाता’ थियो । तत्कालिन रेखा फिल्मस्बाट छविराज ओझाले निर्माण गरेको उक्त फिल्ममा निरुता चार सन्ताकी आमाको भूमिकामा थिइन् । नयाँ नायिकाको आगमन सँगै निरुता पाखा लागेकी थिइन् ।

For More videos Log on to Mazzako TV