हसनको ‘रोमियो’ मा ‘बाबरी’ निशा
एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘रोमियो’ मा मुख्य कलाकार तय भएका छन् । निर्माता हसनराजा खानको अपोजिटमा नायिका निशा अधिकारी प्रस्तुत हुने पक्का भएको छ । निशा फिल्ममा ‘बाबरी’ को भूमिकामा प्रस्तुत हुनेछिन् । फिल्मलाई नव–निर्देशक शंकर कार्कीले निर्देशन गर्नेछन् ।

‘रोमियो’ लाई सुरुमा निर्देशक नारायण पुरीले निर्देशन गर्ने पक्का पक्की भएकोमा निर्देशक पुरी अमेरिका उडेपछि नव निर्देशक अनुबन्धित भएका हुन् । लभ स्टोरी फिल्ममा निर्माता खान र नायिका अधिकारीसँगै नव–कलाकार ओसिमा बानुसँगै विकास खतिवडा र विपेन गुरुङ पनि हुनेछन् । ‘रोमियो’ को मोसन पोष्टर यस्तो तयार गरिएको छ । हेर्नुस् :
For More videos Log on to Mazzako TV








