फिल्म ‘हिटलर’ को लागि हिरोइन भेटिएको छ । करिब पाँच महिनाको खोजीपछि सामिया बर्तौलालाई फिल्ममा मुख्य नायिकाको रुपमा फाइनल गरिएको निर्देशक सौरभ ढकालले बताए । फिल्ममा उनी नायक शोहित मानन्धरको अपोजिटमा हुनेछिन् ।

hitlar-heroin

‘हिटलर’ हिरोइन बन्न नौ दश जनाले अडिसन दिएको निर्देशक ढकाल बताउँछन् । भन्छन्, ‘नयाँ तथा पुराना नायिका अडिसनको लागि आउनु भएको थियो । सबैको अभिनय क्षमता हेरेर हामीले सामियालाई छानेका हौं ।’ सामिया मोडलिङ क्षेत्रकी हुन् । ‘हिटलर’ उनको डेव्यु फिल्म हुनेछ ।

samiya-bartula

लभ स्टोरी फिल्म ‘हिटलर’ लाई अष्टनारायण पिक्चर्सले निर्माण गर्दैछ । यसको छायाँकन तिहारपछि सुरु हुनेछ । हाल फिल्मको वर्कसप चल्दैछ ।

For More videos Log on to Mazzako TV