कामना अवार्ड उत्कृष्ट ५ मनोनयन सार्वजनिक : ‘नाईं नभन्नू ल ४’ २१ विधामा मनोनित
सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण, सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा लक्स कामना अवार्डस् २०७३ मा सामेल फिल्महरु र कलाकार तथा प्राविधिकहरुको मनोनयन सूचि सार्वजनिक गरेको छ । निर्णायकहरुले ३ साता लगाएर अवलकोन र मूल्यांकन गरी दिएको सूचिका आधारमा हरेक विधामा ५/५ उत्कृष्ट कलाकार तथा प्राविधिकहरुको मनोनयन सूचि सार्वजनिक गरिएको आयोजकको दाबी छ ।
बुधबार एक प्रेस सामग्री जारी गर्दै सार्वजनिक गरिएको सूचिअनुसार लक्स कामना अवार्डस् २०७३ मा चलचित्रन ‘नाईं नभन्नु ल ४’ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ । त्यसै गरी चलचित्र ‘प्रेम गीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर छ’ १४ र ‘पशुपति प्रसाद’ १२ विधाको मनोनयनमा परेको छन् । विकासराज आचार्यद्धारा निर्देशित फिल्म ‘नार्इं नभन्नु ल ४’ उत्कृष्ट फिल्म सहित उत्कृष्ट निर्देशक, हाँस्य कलाकार, संगीतकार, गीतकार, पाश्र्व गायक र गायिका, नव अभिनेता र नव अभिनेत्री, बालकलाकार, कोरियोग्राफी, द्धन्द्ध, कथा, पटकथा, संवाद, छायाँकन, पाश्र्व संगीत, श्रृंगार, ध्वनि मुद्रण र सम्पादन गरी २१ विधाको मनोनयनमा परेको छ । यो फिल्मबाट नव अभिनेत्रीमा २ नयाँ अनुहार मनोनयनमा परेका छन् । त्यसैगरी सुदर्शन थापाद्धारा निर्देशित फिल्म ‘प्रेम गीत’ उत्कृष्ट फिल्म सहित उत्कृष्ट निर्देशक, अभिनेत्री, खलपात्र, सहअभिनेता, संगीतकार, गीतकार, पाश्र्व गायक र पाश्र्व गायिका, कोरियोग्राफी, कथा, पटकथा, छायाँकन, पाश्र्व संगीत, श्रृंगार र सम्पादन विधाको मनोनयनमा परेको छ । यो फिल्मबाट २ गीतकार र २ गायक मनोनयनमा परेका छन् भने गायिका अञ्जु पन्त यही एउटै चलचित्रबाट आफुसँग आपैmँ प्रतिस्पर्धामा परेकी छिन् । त्यस्तै दिनेश राउतद्धारा निर्देशित फिल्म ‘क्लासिक’ उत्कृष्ट फिल्म सहित निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेत्री, गीतकार, पाश्र्व गायक र गायिका, बालकलाकार, कथा, पटकथा, संवाद, छायाँकन, पाश्र्व संगीत, ध्वनि मुद्रण र सम्पादन गरी १७ विधाको मनोनयनमा परेको छ ।
अभिनेता तथा निर्माता भुवन केसीद्धारा पहिलोपटक निर्देशित फिल्म ‘ड्रिम्स’ उत्कृष्ट फिल्म सहित नवनिर्देशक, अभिनेता, संगीतकार, गीतकार, पाश्र्व गायक, नवअभिनेत्री, कोरियोग्राफी, द्धन्द्ध, कथा, पटकथा, छायाँकन, पाश्र्व संगीत, श्रृंगार, ध्वनि मुद्रण र सम्पादन गरी १६ विधाको मनोनयनमा परेको छ । त्यसैगरी उज्वल घिमिरेद्धारा निर्देशित ‘वडा नम्बर ६’ उत्कृष्ट निर्देशक, अभिनेत्री, हास्यकलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, पाश्र्व गायक र गायिका, कोरियोग्राफी, द्धन्द्ध, संवाद, श्रृंगार र ध्वनि मुद्रण गरी १४ विधाको मनोनयनमा परेको छ । ‘वडा नम्बर ६’ बाट सिताराम कट्टेल र केदार घिमिरेबीच हाँस्य कलाकारको विधामा प्रतिस्पर्धा देखिएको छ ।
त्यस्तै दीपेन्द्र के खनालद्धारा निर्देशित फिल्म ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म सहित उत्कृष्ट निर्देशक, अभिनेता, खलपात्र, द्धन्द्ध, कथा, पटकथा, संवाद, छायाँकन, पाश्र्व संगीत, श्रृंगार र सम्पादन गरी १२ विधाको मनोनयनमा परेको छ । २०७२ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरुको प्रतिस्पर्धामा सम्झना उप्रेती रौनियारद्धारा निर्देशित चलचित्र फागु ५ विधाको मनोनयनमा परेको छ भने ‘कबड्डी कबड्डी’, ‘भैरव’, ‘फन्को’ र ‘भाग सानी भाग’ ३÷३ विधामा तथा ‘सुश्री’, ‘रेशम फिलिली’ र ‘चकलेट’ २÷२ विधाको मनोनयमा परेका छन् ।
For More videos Log on to Mazzako TV