दशैंको मुखमा ‘द् विनर’ को फेमिली शो
कात्तिक १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘द विनर’ को मंगलबार फेमिली शो गरिएको छ । हात्तीसारस्थित जय नेपाल हलमा आयोजना गरिएको उक्त शोमा फिल्म निर्माण युनिट, कलाकार तथा उनीहरुका पारिवारिक सदस्य उपस्थित थिए ।
डायमण्ड स्टार फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘द विनर’ ग्याङस्टार जनराको फिल्म हो जहाँ मलिना जोशी, महेशमान श्रेष्ठ, मनचिन शाक्य, रेशु तामाङ, राजकुमार पन्त, अमित गिरी लगायतको अभिनय रहेको छ । हिक्मत विष्ट निर्देशित फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलिया र दुबईमा गरिएको हो । पुरुषोत्तम प्रधान, सुसन प्रजापती र अन्टाओ माइकले यी दुई मुलुकको सौन्दर्यतालाई सुन्धर ढंगले पर्दामा उतारेका छन् । ‘द विनर’ को ट्रेलर हेर्नुस् :
For More videos Log on to Mazzako TV