यो शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘सुब्बा साब्’ को मंगलबार राजधानीमा प्रेसमिट गरिएको थियो । फिल्म चल्ने तीन दिन अगाडी गरिएको प्रेसमिटमा ‘सुब्बा साब्’ का मुख्य कलाकारहरु भने सहभागी भएनन् ।

subba-sap

फिल्मका मुख्य कलाकारहरु सरोज खनाल, बर्षा सिवाकोटी, जीवन लुईंटेल असभागी हुँदा प्रेसमिट खल्लो हुन गएको थियो । सुब्बीनी साब् उर्फ अभिनेत्री गौरी मल्ल भने प्रेसमिट सकिएपछि मात्रै अर्याल होटल पुगेकी थिइन् । निर्देशक राजु अधिकारी, निर्माता हरिमणी अधिकारी, नायिका महिमा सिलवालले आ-आफ्नो भनाई राख्दै ‘सुब्बा साब्’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । प्रचार प्रसारमा कलाकारको साथ नपाएको फिल्म ‘सुब्बा साब्’ ले दर्शकको साथ चाहिं कस्तो पाउँला त ? ट्रेलर यस्तो छ :

‘सुब्बा साब्’ कै निर्देशन तथा निर्माण टिमले मंगलबार नै फिल्म ‘मेरो मिल्ने साथी’ निर्माणको घोषणा गरेको छ । जुन फिल्म पूर्ण प्रेम कथामा आधारित हुने निर्देशकले बताए ।

For More videos Log on to Mazzako TV