जेनिशा, बर्षा र सुरविनाको धुलिखेलमा पहिलो पटक क्याटवक
असोज १४ गते शुक्रबार धुलिखेलमा नेपाल आइस नेचुरा लग्जरिया फेसन शो सम्पन्न भएको छ । पहिलो पटक आयोजना भएको उक्त शोमा तीन नेपाली नायिकाहरु शोज टपरको रुपमा थिए । नायिकात्रेय जेनिशा केसी, बर्षा सिवाकोटी र सुरविना कार्की उक्त फेशन शोको शोज टपरको रुपमा रहेका थिए ।
काभ्रेकी फेशन डिजाइनर अनुमिका पाण्डेको डिजाइनमा नायिका तथा मोडलहरुले क्याटवक गरेका थिए । फेशन शोसँगै कार्यक्रममा साँगीतिक प्रस्तुती पनि रहेको थियो । गायक भरत सिटौला ,उदेश श्रेष्ठ ,र डिजराज पौडेलले आफ्ना चर्चित गितहरु बाट दर्शकलाई मनोरञ्जन गराएका थिए भने हाँस्य कलाकार राजेन्द्र गिरीको प्रस्तुतीले पनि हाँसोको माहोल सृजना गर्यो ।
कार्यक्रम संयोजक सचित खड्काले पहिलो पटक आयोजना गरिएको कार्यक्रम नै सफल भएको बताए । ‘आगामी दिनमा अन्य कार्यक्रम गर्ने हौसला मिलेको छ’ सञ्चारकर्मी समेत रहेको खड्काले भने ।
For More videos Log on to Mazzako TV