यस्तो मनोमोहक दृश्यमा खिचिनेछ दयाहाङ र प्रियंकाको ‘ह्याप्पी डेज’
मिलन चाम्सले आफ्नो तेश्रो फिल्म ‘ह्याप्पी डेज’ छायाँकन स्थलका तस्बिरहरु सार्वजनिक गरेका छन् । दयाहाङ राई र प्रियंका कार्की मुख्य भूमिकामा रहने फिल्मको सम्पूर्ण छायाँकन युके र स्कटल्याण्डमा हुनेछ । चाम्सले सार्वजनिक गरेका तस्बिरहरु निकै मनोमोहक छन् ।
निर्देशक मिलन चाम्स र निर्माता बिपी खनाल हाल फिल्मको लोकेसन हन्टमा छन् । तिहार लगतै छायांकन सुरु हुने फिल्ममा दयाहाङ र प्रियंकासँगै ‘सफर’ का नायक सञ्जय गुप्ता र नव नायक विक्की जोशी पनि छन् । चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुती रहेको फिल्म ‘हेप्पी डेज’ माविपी खनाल, भवानी शर्मा, हिराल जोशी र डा.अशोक बंसल निर्माताको रुपमा रहेका छन् ।
दयाहाङलाई नै लिएर चाम्सले निर्माण तथा निर्देशन गरेको फिल्म ‘वीर विक्रम’ ले व्यापारिक सफलता पायो । निर्देशक चाम्सले आफ्नो फेसबुकमा पोस्ट गरेको ‘ह्याप्पी डेज’ छायाँकन स्थलका केही मनोमोहक तस्बिरहरुलाई हामीलाई यहाँ प्रस्तुत गरेका छौं :