यस वर्षको सफल फिल्म ‘गाजलु’ का निर्माता रोहित अधिकारी र निर्देशक हेमराज विसीले नयाँ फिल्म निर्माणमा सहकार्य गरेका छन् । निर्देशक विसीलाई २५ लाख पारिश्रमीक रकम दिने समहती गर्दै निर्माता अधिकारी र निर्देशक विसीबिच सोमबार सहमती पत्रमा हस्ताक्षर भएको हो । निर्देशकलाई यति मोटो रकम किन त ?

hemraj-rohit-new-film

निर्माता अधिकारी भन्छन्, ‘निर्देशन र स्क्रिप्ट गरी २५ लाख दिएका हौं । बैशाखदेखि फिल्म रिलिज मिति फागुनसम्ममा उहाँले पुरा समय हामीलाई दिनुहुन्छ ।’ शुद्ध प्रेम कथामा बन्न लागेको फिल्ममा स्टार कास्ट रहने जानकारी दिदैं निर्माता अधिकारीले थपे, ‘फिल्मको लगानी पनि उच्च नै हुनेछ । डेढ करोडसम्ममा फिल्म सक्ने हाम्रो लक्ष्य छ ।’ रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को सहकार्यमा बन्न लागेको हाई बजेट फिल्ममा दिपक खतिवडा, रुपक थापा र थम्मन भण्डारी निर्माताको रुपमा रहनेछन् ।

gajalu-new-poster

‘गाजलु’ का निर्देशक दोहोरिए पनि कलाकार दोहोरिने टुङ्गो भने अहिले नै नभएको निर्माता अधिकारीले बताए । ‘गाजलु’ मा अनमोल केसी र सृष्टि श्रेष्ठ सहित गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान र ऋतिक शाही मुख्य भूमिकामा थिए । यी मध्ये को दोहोरिएलान् त रोहित र हेमराजको नयाँ फिल्ममा ?

For More videos Log on to Mazzako TV