komal-oli2

विगत दुई दशकदेखि सञ्चार तथा गायन क्षेत्रमा सक्रिय कुुसुम उर्फ कोमल ओलीले आफ्नो वायोपिक पुस्तक निकाल्ने भएकी छिन् । नेपाली फिल्म ‘राजनीति’ की अभिनेत्री ओलीले आफ्नो वायोपिक पुस्तक आफैंले लेख्ने बताइन् । दशैं छुट्टिमा पुस्तक पढ्ने योजना बनाएकी कोमलले भनिन्, ‘विभिन्न ठाउँमा घुम्न गएको बेलाको नोट बनाइरहेको छु, त्यसलाई कलेक्सन गरेर म कोमल आली भन्ने किताब ल्याउँदैछु ।’ कोमललाई बाल्यकालमा कुसुम नामले बोलाइन्थ्यो । अहिले पनि घरका सदस्यले उनलाई कुसुम नै भनेर बोलाउँछन् । कस्तो होला त कुसुम उर्फ कोमलको वायोपिक पुस्तक ? केही समय प्रतिक्षा गरौं । तर अहिलेलाई भने उनीसँग गरिएको मज्जाको भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV