दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ ०७४ सालको बैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शनिबार साँझ सञ्चारकर्मीबिच सामान्य जमघट गर्दै फिल्म निर्माण कम्पनी सुरज सिन आर्टस्ले फिल्मको प्रदर्शन मिति बैशाख १ गतेलाई सार्वजनिक गरेको हो ।

love-love-love-suraja-swostimadocx

‘दशैं पछि हामी प्रचारात्मक साम्रागी पनि सार्वजनिक गर्नेछौं’ लेखक समेत रहेका निर्देशक खनालले भने, ‘यसपाली पूर्ण लभ स्टोरी फिल्म बनाएको छु ।’ छायाँकन सकेर पोस्ट प्रोडक्सनमा रहेको फिल्ममा गीत मात्रै चार वटा रहेको निर्देशक तथा लेखक खनालले बताए । ‘लभ लभ लभ’ मा नायिका स्वस्तिमा खड्का र नव नायक सुरज पाण्डेको मुख्य भूमिका रहेको छ ।

स्वस्तिमा र सुरजसँगै फिल्म ‘लभ लभ लभ’ मा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए.गुरुङ, आयान खड्का र गणेश मुनाल लगायतको अभिनय रहेको छ । सर्मिला पाण्डे निर्माता रहेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV